आगामी ११ माधमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ गरी सबै प्नदेशमा पुर्याएको छ। सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म मतपत्र पुगेको आयोगले जानकारी दिएको छ ।
आज (शुक्रबार)सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिएका छन ।
राष्ट्रि यसभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ। प्रदेश सभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन्।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जानकारी दिएको छ ।
आगामी २० फागुनदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ। मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले जानकारी दिएका छन ।
आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने २ पदका लागि ४ प्रकारका ९२० मतपत्र, मधेस प्रदेशमा निर्वाचन हुने ४ पदका लागि ४ प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने ४ पदका लागि ८ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा निर्वाचन हुने २ पदका लागि ४ प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९०० मतपत्र छन्।















प्रतिक्रिया