काठमाडौं। टाटा मोटर्सको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालमा सार्वजनिक भएको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पञ्च ईभी सार्वजनिक गरेको हो।
पञ्च ईभी काठमाडौंमा मात्रै नभई देशभरका टाटा मोटर्सका आधिकारिक शोरुमबाट एकैसाथ सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ।
नयाँ पञ्च ईभी पूर्वमा बिर्तामोडको अलास्का अटोमोबाइल्स, विराटनगर र इटहरीका गोयल अटो, मधेस प्रदेशमा गिरिजा अटोमोबाइल्स र राज अटो, पोखरामा दीप मोटर्स, नारायणगढमा सफल मोटर्स, भैरहवामा अम्बु मार्केटिङ, बुटवलमा सफल अटो इन्टरनेसनल, नेपालगञ्जमा रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीमा गार्स ट्रेडिङ कन्सर्नबाट सार्वजनिक गरिएको हो।
सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङको प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको चासो बुकिङमै देखिएको बताए।
‘द अल न्यु टाटा पञ्च ईभीप्रति नेपालमा देखिएको उत्साह यसको बुकिङमा पनि स्पष्ट रूपमा देखिएको छ,’ उनले भने, ‘सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ।’
उनका अनुसार बुकिङ भएका गाडीमध्ये सुरुवाती मोडलसहित सबै गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी गर्ने तयारी गरिएको छ।
पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन्।
एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।















प्रतिक्रिया