Logo

अर्थ

प्रभु बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढ्यो



काठमाडौं- प्रभु बैंकले ७ महिनामा ७२ करोड बढी खुद नाफा कमाएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समिक्षा अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ३९.९७ प्रतिशत कमी हो। गत आवको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तर, बैंकको खुद ब्याज आम्दानी भने ३०.५८ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै, बैंकको संचालन नाफा भने ५.७७ प्रतिशत बढेको छ। समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ। बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषको आकार पनि ५.१२ प्रतिशत बढाएर १० अर्ब ११ करोड १५ लाख रुपैयाँ पुर्याएको छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ८१ करोड ३० लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ३१ करोड ३५ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.९० प्रतिशत पुगेको छ। यस्तै, बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेवटर्थ १३५ रुपैयाँ २ पैसा कायम छ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ०९:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।