Logo

अर्थ

सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ११:२६   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।