काठमाडौं । चौधरी ग्रुपअन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई शुभारम्भ भएको छ । आधुनिक तथा प्रविणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु जस्तै: एलईडी टिभी, वासिङ्ग मेसिन, रेफ्रिजेनेरेटर, डिसवासर, एयर कन्डिसनर, भ्याकुम लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्।
ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् । यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३०बजेसम्म खुल्ला रहनेछ।
ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बरहरु ०१ ५५४६६१२(जावलाखेल), ०१ ४१०६५३०(मिनभवन), ०१ ४०३४५६२(सितापाइला), ०१ ४५६१२३४(चाबहिल), ०१ ५३१८११६(कान्तिपथ), ०१ ५२००४२६(इमाडोल) र ०२१ ५९०२६६(बिराटनगर)मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोटरी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ । कम्पनीले दक्ष विशेषज्ञबाट बिभिन्न एलजीका सामाग्रीहरुको । लाइभ डेमो, पर्सनल एक्सपिरियन्स र कुकिङ क्लासको सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री इन्स्तलेशन(एलजी सर्टिफाईड) र Preventive Maintenance Service (PMS) सेवाहरु पनि प्रदान गर्दै आएको छ ।


























प्रतिक्रिया