Logo

अर्थ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज



काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज बिहिान ११ बजे साधारण सभा बस्दैछ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी नक्साल काठमाडौंमा बस्दैछ। सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ जसकारण सेयरधनीहरूको हात भने खाली रहने छ।

सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ।

सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०८:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।