Logo

प्रमुख समाचार

बालेनले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन्। उपप्रमुख सनिता डंगोल मतदानका लागि हेटौंडा पुगेकी छन्।

मेयर बालेन भने काठमाडौंमै रहेका छन्। बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी मतदान गर्न गएका छैनन्। कार्य व्यस्तताको कारण मतदान गर्न नगएको बुझिएको उनले बताए।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ११:४८   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।