Logo

अर्थ

मिर्मिरे लघुवित्तको लाभांश रद्ध



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । यस वर्ष ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको थियो ।

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त लाभांश रद्ध गरेको जानकारी दिएको छ ।

माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएसँगै लाभांश प्रस्ताव रद्ध गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १२:२३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।