Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराईले राजीनामा दिएका छन् । सञ्चालक समितिले स्पष्टीकरण सोधेपछि भट्टराईले बुधबार समितिलाई राजीनामा दिएका हुन् ।

साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आएका भट्टराईले सञ्चालक समितिबाट अधिक दबाब आएको भन्दै बाहिरिने संकेत दिँदै आएका थिए । उनलाई समितिले के विषयमा स्पष्टीकरण सोध्यो भन्ने बारे भने खुलेको छैन । मर्जरको किचलोबीच सञ्चालक समितिको दबाबले सिईओ भट्टराई बाहिरिएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १३:५३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।