काठमाडौं । भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनी विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बीबाट बी प्लस रेटिङमा उछाल मार्दै पुनः अर्काे इतिहास रचेको हो ।
नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ बीबाट बी प्लसमा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ । बी प्लस रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।
स्थापनाको छोटो समयमै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एउटा उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट बी प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुला भएको छ ।
नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्नसमेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।




















प्रतिक्रिया