Logo

अर्थ

सेयर बजारमा निरन्तर गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.७७ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीकिो सेयर मुल्य बढेको छ भने १४१ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सः २८ करोड ६७ लाख रुपैयाँ,ङादी ग्रुप पावरः १९ करोड ६५ लाख रुपैयाँ,अरुण काबेली पावरः ९ करोड १८ लाख रुपैयाँ,अपी पावरः ९ करोड ८ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७४ लाख रुपैयाँ,माउन्टेन इनर्जीः ७ करोड १२ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः ७ करोड ६ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ६ करोड ९६ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ६ करोड ८५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १५:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।