Logo

उद्योग

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्न माग्यो अनुमति, मूल्य कति ?



मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमाआवेदन दिएको छ। कम्पनीले पुस २६ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसरि कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

मारुती सिमेन्ट नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । कम्पनीका अध्यक्ष नन्द किशोर राठी हुन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार ०२:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।