Logo

आइपीएल: मुम्बई इण्डियनलाई हैदरबादले जित्नै पर्ने दबाब



आइपीएल: इण्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत समुह चरणको अन्तिम खेल अर्थात् ५६ औँ खेलमा सनराइजर्स हैदरबादले मुम्बई इण्डियनसँग खेल्दै छ । 
लिगको पहिलो स्थानमा रहेर यस अगि नै प्लेअफ़मा स्थान बनाएको मुम्बईसँग लिगको ५ औँ स्थानमा रहेको हैदरबादले आज बेलुका ७:४५ मा यूएईको सारजा क्रिकेट रङ्गशालामा खेल्दैछ । हैदरबादलाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ भने मुम्बईले पनि आफ्नो जितको लय कायमै राख्ने दाउमा रहेको छ ।यस अघि भएको पहिलो चरणको खेलमा मुम्बईसँग हैदरबाद ३४ रनले पराजित भएको थियो ।  

आजको खेल जीतेमा हैदरबाद नेट रन रेटमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै प्लेअफमा स्थान पक्का गर्ने छ । उता कोलकता नाइट राइडर्सको अवस्था भने आज हुने मुम्बई र हैदरबादको खेलको नतिजामा निर्भर रहने छ, हाल कोलकता लिगको चौथो स्थानमा रहेको छ ।

आगामी बिहिबार बाट प्लेअफ़का खेलहरु सुरूहुनेछन्, जस अन्तर्गत पहिलो क्वालिफायर खेलमा अङ्कतालिकाको शीर्ष दुईमा रहेका मुम्बई र दिल्ली क्यापिटल्स भिड्दै छन्,जसबाट बिजेता हुने टीम सिधा फाइनलमा प्रवेश गर्ने छ भने हार्ने टीमले पुन इलिमिनेटर बाट बिजेता हुनेसँग खेल्ने छ । प्लेअफको दोस्रो खेल अर्थात् इलिमिनेटर खेल शुक्रबार हुने छ । आइपीएलको फाइनल भने आगामी साता मङ्गलबार नोभेम्बर १० मा दुबईमा हुँदै छ । 
     

   

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १२:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।