काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर निलम ढुङ्गानालाई दुव्र्यवहार गर्ने टक्सार विभागका निर्देशक थानेश्वर आचार्यलाई सरुवा गरेको छ। उनलाई जनशक्ति व्यवस्थापन विभागको अतिरिक्त शाखामा सरूवा गरिएको छ। आचार्यले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यवहार गरेको भन्दै आवश्यक कार्बाहीका लागि छानबिन समिति बनेकोमा सोही समितिको निर्णयानुसार उनलाई उक्त शाखामा सरूवा गरिएको हो ।
नेपाल राष्ट्र बैंकको गत पौष २६ गते शुक्रबार साँझ नगरकोटस्थित मेिस्टक माउन्टेन रिसोर्टमा स्त्ट्रेस म्यानेजमेन्ट सम्बन्धि कार्यक्रम थियो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, ८ जना विभागीय प्रमुखहरु र उच्च पदस्थ कर्मचारीहरु सहभागी थिए ।
साँझ बैंकले ‘कक्टेल’ पार्टीको राखेको थियो। गभर्नर लगाएत सबै भोजको मज्जा लिँदै थिए । यसैबीच मदिराले मातेका आचार्यको नजर डेपुटी गभर्नर ढुंगानामाथि पर्छ । उनी ढुंगाना भएको ठाउँमा पुग्छन् र एक्कासी अंगालो मार्छन् । तनावमुक्त बन्न भोजमा रमाइलो गरिरहेका आर्चार्यको यो हर्कतले माहोल एकाएक कोलाहलमय बन्छ अनि भनाभनको स्थिति सिर्जना हुन्छ ।
तर यो विषय भने यतिकै रोकिएन । केही दिनपछि यो विषय नेपाल राष्ट्र बैंकभरि भुसको आगो सल्किएझैँ सल्किन्छ र घटना पुनजागृत हुन्छ । राष्ट्र बैंकभित्र हुने गरेका कामकारबाहीको छानबिन गर्ने जिम्मेवारी पाएकी उनै ढुंगानाले छानबिन समिति गठन गर्छिन् । ढुंगानाले छानबिन समितिको नतिजा आफ्नो पक्षमा नआए कानुनी उपचार खोज्न अदालतसम्म पुग्ने अडान लिएपछि अन्तत: आचार्यलाई कुनैपनि कार्यकारी अधिकार नदिने गरी जनशक्ति व्यवस्थापनको अतिरिक्त शाखामा सरूवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त घटनाका विषयमा आचार्यले भनेका छन्, ‘मैले कुनै गलत नियतले डेपुटी गभर्नर सावलाई अंकमाल गरेको होइन । एक्कासी उहाँलाई देख्दा उत्साहित भएर अङ्गालो हाल्न पुगेछु । मैले ४/५ गिलास वाइन पिएको थिए । नसाको तालमा घटना घट्न पुगेछ, पत्तै भएन ।’ घटना घटेलगत्तै आफूले ढुंगानासंग माफी मागेको भन्दै थप्छ्न्- ‘बिहान गभर्नरसाव र निलम म्यामलाई राम्रैसँग बिदाइ पनि गरेको हुँ । घटना घटेको १५/२० दिनपछि फेरि यसलाई अतिरञ्जित गरिएछ ।’
यस सम्बन्धमा हामीले डेपुटी गभर्नर निलम ढुंगानासङ्ग प्रतिक्रिया लिन खोज्दा उनले कुरा गर्न चाहिनन् ।



















प्रतिक्रिया