काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
माघ २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले सोही निर्णयअनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।




















प्रतिक्रिया