काठमाडौं– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका अध्यक्षहरूको जीवनी समेटिएर तयार पारिएको पुस्तक ‘अग्रज अनुहार’ लोकार्पणसमारोहमा विरोध प्रदर्शन भएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको नेतृत्व गर्ने स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी ‘अग्र अनुहार’ पुस्तक प्रकाशन गरेको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र नेवाः पत्रकार राष्ट्रिय दबूले विरोध गरेको हो।
आज पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा उनीहरूले असन्तुष्टि जनाउँदो विरोध गरेका थिए। फोनिजले शनिबार राति एक विज्ञप्ती प्रकाशित गर्दै आपत्ति जनाएकोमा आज पुस्तक बिमोचन समारोहमा पनि विरोध जनाइएको हो।
पुस्तकले नेपालका पत्रकारहरूलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको फोनिजको जिकिर रहेको छ।
पुस्तक प्रकाशनले पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठाएको उनीहरूको आरोप छ।
फोनिजका महासचिव मिलन लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था नहुने जिकिर पनि गरिएको छ।
देशभरका आदिवासी जनजातिहरुको एक मात्र साझा र प्रतिनिनिधिमूलक संगठन फोनिजले सो विषयमा नेपाल पत्रकार महासङ्घलाई पटक पटक अवगत गराइसक्दा पनि महासङ्घले स्थापना दिन र संस्थापक सम्बन्धी तथ्यलाई नजरअन्दाज गर्दै आएको छ।
‘महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
तस्बिरहरू:




























प्रतिक्रिया