Logo

अर्थ

कुमारी बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । कुमारी बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा आइतबार (माघ २८ गते) सम्पन्न भएको छ । बैंकको साधारणसभा काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।

उक्त सम्पन्न साधारणसभामा भएको संचालक चुनावमा स्थापक सेयरधनी समूहबाटअमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण सेयरधनी समूहबाटमहेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण सेयरधनी समूह महिलातर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १३:२६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।