काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा बन्द भएको छ ।
आज ३१४ कम्पनीको शेयर १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १९९ कम्पनीको सेयर मुल्य बढेको छ भने ४५ कम्पनीको मुल्य घटेको हो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुई का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.८९ प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया