काठमाडौं । सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३०.५६ अंकले गिरावट भएको छ । नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को विन्दुमा झरेको हो।
आज ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०३ कम्पनीको सेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३२ कोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया