Logo

अर्थ

एकैदिन तोलामा १२ सयले घट्याे सुनकाे मूल्य, कतिमा हुदैँछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य पनि तोलामा १ हजार २ सय रुपैयाँले घट्दै १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीका मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:२६   :  बजे

396
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।