काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य पनि तोलामा १ हजार २ सय रुपैयाँले घट्दै १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीका मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया