Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको १८औं बार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज आह्वान गरिएको बार्षिक साधारणसभाले ५.५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भइसकेकोले ६६ प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया छिट्टै सुरु हुने जानकारी बार्षिक साधारणसभामा दिइएको छ ।

२०८० साउन १५ गते सम्पन्न विशेष साधारणसभाबाट हकप्रद शेयर जारी गर्ने प्रसताव पास गरेकोमा अब प्रक्रियामा जान लागेको एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभामा सिईओ सुनिल बल्लभ पन्तले कम्पनीको प्रगति विवरणहरु पेश गरिएको थियो । बार्षिक साधारणसभामा कम्पनीको कूल कारोबार बृद्धि भई दुई अर्ब ४० करोड पुगेको र पुनर्बीमा कमिशन आम्दानी बृद्धि भई ३५ करोेड पुगेको जानकारी दिएका थिए ।

कम्पनी सचिव मनोज श्रेष्ठका अनुसार कम्पनीले आव २०७९/८० मा कूल २० करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको लेखा परिक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरु बार्षिक साधारणसभाबाट पारित भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १६:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।