काठमाडौं- नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिको बैठक बस्न नसके पदबाट राजीनामा दिने धम्की दिएका छन्। नेविसंघ केन्द्रीय समिति बैठक बोलाएकै दिन शेर्पाको यस्तो धम्की आएको हो।
संघको तदर्थ समिति बनेको ६ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकप्रति संस्थापनइतरले असन्तुष्टि जनाएपछि शेर्पा आक्रोसित भएका छन्। उनले आज जसरी पनि केन्द्रीय समिति बैठक बस्ने र बैठक बस्न नसके आफ्नो राजीनामा आउने चेतावनी दिएका छन्।
समन्वय नगरी अध्यक्ष शेर्पाले जिल्लाहरूमा अध्यक्ष तोकेको भन्दै शेखर-गगन पक्षका संघका नेता कार्यकर्ताले विरोध जनाउँदै आएका छन्। पूर्वाग्रह पूर्ण निर्णय गरिएको शेखर-गगन पक्षको आरोप छ।
शेखर पक्षका विद्यार्थी नेताहरू मंगलबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। सभापति देउवाले संघका अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर कार्यक्रम गर्न निर्देशन दिएको बताइएको छ।




















प्रतिक्रिया