Logo

अर्थ

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

यो कम्पनीअन्तर्गत साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७८/७९ को मुनाफामा सरिक हुने गरी बोनसदर निर्धारण गरिएको हो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई गत कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजना अन्तर्गत (सूर्यज्योति सुरक्षित बचत, सुनौलो भविष्य बाल जीवन बीमा, एकल तथा सिमित अवधि भुक्तानी ‘विकल्प –१’ र एकल तथा सिमित अवधि भुक्तानी ‘विकल्प –२’) बीमा याृेजनामा प्रतिहजार न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक मै (सूर्यज्योति संरक्षित सावधिक –५१, सिमित अवधि भुक्तानी योजना, संरक्षित बाल जीवन बीमा, सामुहिक सावधिक जीवन बीमा , सावधिक जीवन बीमा र सावधिक लघुजीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै कम्पनीले सावधिक तथा आजिवन योजना अन्तर्गतको (सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, सूर्यज्योति सुदर्शन सावधिक तथा आवधकि योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले अग्रिम भुक्तानी योजनामा (सूर्यज्योति आसाधन अग्रिम भुक्तानी, धनवृद्धि जीवन बीमा योजना, सजिलो ‘वार्षिक’ भुक्तानी, अग्रिम भुक्तानी बाल जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ४२ रुपैयाँदेखि ६० रुपैयाँ बोनदर दिने भएको छ ।

नयाँ बोनसदर अन्तर्गत कम्पनीले चौरासी पुजा अग्रिम भुक्तानी योजनामा नियमित तर्फ न्युनतम ४५ रुपैयाँदेखि ६० रुपैयाँ ७० रुपैयाँ र एकल तर्फ ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म दिने भएको छ भने इजि पे अग्रिम भुक्तानी योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म दिने भएको छ ।

कम्पनीले निर्धारण गरेको अधिकतम बोनसदरको बीमा लेख जम्मा दुईओटा मात्र विक्री भएको छ । पाँच जीवन बीमा लेखमध्ये सावधिक बीमा लेखअन्तर्गत प्रतिहजार रू. ४५ बोनसदर रहेको १५ देखि १९ वर्ष अवधिको बीमा लेख सर्वाधिक ८० हजार ४७४ ओटा विक्री भएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  १२ : ०४ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।