Logo

राजनीति

जनमतले बोलायो सचिवालय बैठक



काठमाडौं- जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। काठमाडौंमा उपलब्ध सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय बोलाइएको सचिव बिपी साहले जानकारी दिए।

उपलब्ध सचिवालय सदस्यहरूलाई बोलाइएको उनले बताए। नयाँ गठबन्धनमा सामेल हुने कि, अहिलेको परिस्थितिलाई कसरी हेर्ने भनेर छलफल गर्न लागिएको उनको भनाइ छ।

सोमबार बिहान नेकपा (एमाले) को सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए। त्यहाँ भएको कुराकानीबारे छलफल गर्न पनि जनमतले सचिवालय बैठक बोलाएको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:११   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।