Logo

प्रमुख समाचार

सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी छन् । नाउपाबाट हिजो (शुक्रबार) तीन जना मन्त्रीहरु प्रदेश सरकारमा सहभागी भएका थिए । उनीहरुले शपथसमेत लिइसकेका छन् ।

सरकारमा सहभागी हुन पार्टीले अनुमति पनि नदिएको र पार्टीभित्र यस विषयमा छलफलसमेत नभएकाले आफूखुसी सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कारबाही गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन टुटेर एमाले–माओवादीसहितका दलहरुको समर्थनमा संघीय सरकार गठन भएको थियो । नाउपाले केन्द्रीय सरकारमा अहिले सहभागी नहुने बताइसकेको छ । साथै, सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई फिर्ता हुनसमेत नाउपाले भनेको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  १२ : ३७ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।