Logo

प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्‍न माओवादी केन्द्रको बैठक बस्दै



काठमाडौं- राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउनेछन्।

नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ। माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ।

यसअघि माओवादीसँगको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उठाउने सहमति भएको थियो। सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने भएको हो।

प्रमुख प्रतिप्रक्षी नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार उठाउने तयारी गरेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ११:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।