Logo

प्रमुख समाचार

सुदूरपश्चिम सरकारका मन्त्री भन्छन्- बोल्दाबोल्दै पद गएको पनि हुनसक्छ



धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार अप्ठ्यारोमा रहेको संकेत गरेका छन्।

कानूनमन्त्री भट्ट धनगढीस्थित सञ्चालिका समूहले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समावेशीको सवाल विषयमा तालिमको समापन समारोहमा सहभागी हुन पुगेका थिए।

उनले आफ्नो मन्तव्य दिने क्रममा बोल्दा बोल्दै पद जान सक्नेसम्मको अवस्था सिर्जना भएको बताए। ‘अहिले घटना का के हुन्छ थाहा छैन। मैले बोलिरहेको छु। मेरै मन्त्री पद गएको पनि हुन सक्छ,’ उनले भने।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा पनि थप दुई सांसदको समर्थन जुटाउनु पर्ने अवस्था सृजना भएको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले समर्थन फिर्ता लिन सक्ने सङ्केत गरेपछि मन्त्री भट्टले मन्त्री पद जुनसुकै अवस्थामा पनि जान सक्ने बताएका हुन्।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले भट्ट सहितको सात सांसदलाई बोलाएर सरकार जोगिने सम्भावना टर्दै गएको ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १४:०३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।