Logo

कर्पोरेट टक

ऋण नतिरेर कालो सूचीमा परेकाहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाए : मन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेलाई सरकारले कारबाही गर्ने बताएका छन् । आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका प्रवृति सरकारलाई सह्य नहुने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले नै अहिले अफवाह फैलाइरहेको उनको दाबी छ । उनले यस्ता प्रकारका अफवाहसँग नआत्तिनसमेत आग्रह गरे ।

आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई स्वीकार्य नरहेको उनको भनाइ छ । उनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको बताए ।

मन्त्री पुनले नेपालको बैंकिङ प्रणाली व्यवस्थित रूपमा सञ्चालनमा रहेको बताए । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि नडराउन उनले आग्रह गरे ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १९:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।