Logo

गण्डकी प्रदेश

चर्चाका लागि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयरको हतार, खै त पूवाधार ?

अटेरी र एकल निर्णय गर्ने तर समृद्धिको काम नगर्ने मेयर



पोखरा । पोखरालाई चैत्र ४ गते आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पर्यटकीय राजधानी घोषणा गर्दैछन् । तर पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, विकास भएको छैन् भन्ने कुरामा कसैको दुईमत छैन् ।

तर पोखरा महानपालिकाका मेयर धनराज आचार्यले केवल चर्चाका लागि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न रस्साकस्सी गर्दै भोलिका लागि मिति तय गरेका छन् । पोखरालाई नेपालको दोस्रो ठूलो पर्यटकीय गन्तव्य मानिन्छ । काठमाडौंपछि धेरै पर्यटकले भ्रमण गर्ने शहर पोखरा हो भन्ने गरिएपनि शहर अनुसार पर्यटकको तथ्यांक छैन ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठन भएको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा पर्यटनसँग सम्बन्धित धेरै तथ्यांक समावेश छैन ।

यहाँ वर्षमा कति पर्यटक आउँछन्, उनीहरुले कति खर्च गर्छन्, कुल ग्रार्हस्थ उत्पादनमा पोखरा र यहाँको पर्यटनले दिने योगदान, राजश्वमा गर्ने योगदान, नेपाल आउने पर्यटकमध्ये कति पोखरा आउँछन् जस्ता तथ्यांक समावेश छैन् ।

पोखराका मेयर धनराज आचार्यको आँखामा महानगर भनेको पोखराका मुख्य चोक न्यूरोड, महेन्द्रपुल, पृथ्वीचोक, चिप्लेढुङ्गा, लेकसाईड लगायतका सिमित क्षेत्र छन् । तर यिनै भित्र बनेका बाटोघाटो पुलको स्थिति हेर्ने हो भने दयनीय स्थिति छ । बनेका सडक गुणस्तरहिन छन् भने पैदल मात्र हैन् गाडीभित्र यात्रा गर्ने यात्रुलाई पनि बाटोको धुलोको यात्रा गर्ने स्थिति छैन् । सडकमा थुप्रिएका फोहोरहरु महिनौदिन सम्म उठ्दैन् । सरसफाई भएको कहि देखिदैन् ।

वसपार्क व्यवस्थित छैन् । वसपार्कमा पैदल हिडेर गाडी पत्ता लगाउने अवस्था छैन् । वसपार्कमा शौचालयको सुविधा छैन् । महानगरका नागरिकका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारको विकास गर्न नसक्ने मेयर धनराज आचार्यले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने हतार गरेको देख्दा उदेक लाग्छ ।

ताल देखाएर पर्यटकीय राजधानी घोषणा गर्न हतार गरेको महानगरले ताल संरक्षणको लागि कति वजेट छुट्याएर के कति काम गर्‍यौ कसैलाई जानकारी समेत छैन् । फिर्के साँघुरिएको छ । फिर्के खोलाका ठाउँ ठाउँका भत्केका पुलहरुे साथै चौविसैं घण्टा ओहोरदोहोर गरिने पोखराका मुख्य चोकमा विग्रेका हाइमाक्स लाइट र देखाउनका लागि राखिएका ट्राफिक लाइटले पर्यटकीय राजधानी घोषणा गर्न हतार गरेका मेयरलाई गिज्याईरहेका छन् । यसमा उनी चासो दिदैनन् ।

मेयरका नजिकका आफन्तको निर्देशनमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेर बनाईएका बाटोहरु गुणस्तरहीन भएको कुरा प्रष्ट छ । यथेष्ट प्रमाण पनि छन् । यसको निगरानी गर्ने निकाय खै ? गा्रमिण भेगमा बाटो रातो मात्रा बनाईदिए हुन्छ भन्ने इन्जिनियर आउँछन् । दक्ष योग्य र अनुभवी हैन विल पास गरिदिए हुने महानगरका इन्जिनियरबाट अनुगमन गरेका बाटोहरुको अवस्था कस्तो होला ?

वजार एरियामै पार्किङ अस्तव्यस्त छ । पोखरामा अव्यवस्थित रुपमा बनाईएका भवनहरुले पोखराको प्राकृतिक सौन्दर्यसमेत गुमेको छ । २० राष्ट्रका पर्यटक नपुग्ने महेन्द्रपुलमा २०० राष्ट्रका झण्डा फहाराएर पर्यटकीय राजधानी भनिदैछ । करोडौंको लागनीमा तयार पारिएको महेन्द्रपुलको बन्द शौचालय झण्डा पार्कमा आउने पर्यटकका लागि बाहिरबाट मात्र हेर्ने हो ? झण्डा पार्कका लागि लायन्सलाई निशुल्क जग्गा भाडामा दिएर पुल विस्तार गर्न बाटो रोकेका यिनै मेयरले कला क्षेत्रको अपमान गर्दै अध्ययन गर्ने पुस्तकालय समेत भत्काएर प्रयोगमा नआउने शौचालय बनाए ।

जुन स्थानमा पर्यकटीय राजधानी घोषणा गर्न तय गरिएको छ त्यहाँको शौचालय देखाउने मात्रको छ । प्रयोग गर्न सक्ने स्थितिको छैन् । यहाँ पुगेकाहरु खुल्ला शौच गर्न बाध्य छन् । तर मेयरलाई भने सोही स्थानमा पोखरालाई पर्यकटीय राजधानी घोषणा गर्न हतार गरेर सबैको आँखामा छारो हाल्ने काम गरेका छन् ।

अटेरी र एकल निर्णय गर्ने तर समृद्धिको काम नगर्ने मेयर

सत्ता र शक्तिको भरमा लायन्सको दम्भ देखाउँने धनराज आचार्य पोखराका मेयर हुन् । उनले सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्ड भित्र रहेका संरचना हटाउन दिएको आदेशको पालना गर्न नसकी मेयरले अदालतको आदेशको अपहेलना समेत गरे ।

यति मात्र हैन् स्थानिय सरकार आफैले भूमिको वर्गिकरण गर्दा व्यक्तिको स्वामित्व रहेको जग्गामा व्यक्तिलाई भोगचलन गर्न, रेगामा माटो पुर्ने, घेरावेराको पर्खाल लगाउँन उच्च अदालत पोखराले आदेश दिए पनि पोखराका मेयरले व्यक्तिलाई काम गर्न रोकेर अदालतको आदेशलाई अटेर गरेका छन् ।

उनी आफै आदेश दिदै हिड्न् । उनको आदेशमा सबै नागरिकलाई समान किसिमको आदेश हुदैन् । उनी निकटका नागरिकका लागि उनी देवताको गाई हुन् । उनको बोलीको भरमा काम हुन्छ तर उनी निकट नहुने नागरिलाई उनले काम गरेर खान पनि दिदैन् भन्ने लेकसाइडको फूटपाथमा सामान्य चटपट बेचेर गुजारा गर्नेलाई महानगरका प्रहरीले गरेको ज्यादतीबाट प्रष्ट हुन्छ ।

पोखराका मेयर धनराज आचार्य अवसरवादी मेयर हुन् । लायन्सको सिद्धान्तबाट आएका उनी डोनरको डलरमा रमाएर फाईदा लिने मान्छे हुन् । उनलाई नागरिकको अधिकारी माथि कुनै सरोकार नै छैन् । केवल उनलाई चर्चा कमाउनुछ । उनले प्रायजसो कुरामा आफ्नै कानुन बनाई एकल निर्णय गरी नागरिकलाई सास्ती दिन्छन् । पोखराका नागरिकलाई नियम कानुन मेयरकै मुखमा छ । सबै नागरिकलाई एकै किसिमको नियम छैन्् । उनी निकटलाई नियम र्नै लाग्दैन तर अरुलाई लाग्छ ।

पोखरामा ४ हजार भन्दा बढी डोजर र याक्साभेटर छन् तिमध्ये दिनमा ४ वटा पनि अनुमति लिदैनन् । तर दैनिक तिन हजार बढी डोजर र याक्साभेटर चल्छन् । यसमा पनि महानगरले विभेद गरेको छ । मेयरका नजिक नहुनेलाई महानगरले कयाँैं शर्त राखेर कर असुल्छ । तर मेयरको नजिकको मान्छले डोजर चलाएमा कुनै शर्त व्यहोरिरहनु पर्दैन् ।

मेयरले पोखरामा र्यापिड टिम बनाएर २४ घण्टा खाल्डाखुल्डी पुर्छु भन्थे तर उनका र्यापिड टिमले सडकमा खाल्डाखुल्टी पुर्ने हैन पार्दै हिड्छन् । पोखराको बैकल्पिक मार्ग बन्दा जनताले सास्ती खेप्न परेपनि उनलाई कुनै मतलव छैन् । दलगत कर्मचारी सँगठनलाई बेवास्ता गर्नुपर्ने ठाउँमा सार्वजानिक कार्यक्रमा बोल्न दिएर महानगरको नाम बदनाम गरेको छन् ।

अदालतले पर्यटकीय क्षेत्र लेकसाईडलाई २४ सै घण्टा खुल्ला गर्ने आदेश दिए पनि महानगरले खुल्ला गर्न दिएको र्छैन् । जसले गर्दा व्यवसायी मर्कामा छन् ।
उनले निर्णय गरेको एकिकृत सम्पत्ति करको विषयमा महानगरवासी सबै रुष्ट छन् । उनले महानगरका खोलाहरु, घाटहरु, पातले छाँगो लगायतका ठाउँहरु एकल निर्णयले ठेक्कामा लगाएर महानगरवासीको घोर अपमान गरेका छन् ।

पोखराका मेयर आचार्य पूर्व मेयर मानबहादुर जिसिले ल्याएका योजनाहरुलाई मेरो योजना भन्दै उद्घाटन गर्न व्यस्त हुन्छ । पोखरामा अण्डर ग्राउण्ड पार्किङ स्टण्ड दुईचार दिन गरेर खपतका लागि तमासा देखाएको सबैमाझ प्रष्ट छ ।

फोहोर व्यवस्थापनका लागि सरोकारवालाहरुसँग गरिएको सहमति कत्ति पनि कार्यन्वयन नगरिएको र दिर्घकालिन फोहोर व्यबस्थापनको उपाय अझैसम्म खोजेका र्छैनन् ।

महानगरले नै संचालन गरेको गण्डकी बहुप्राबिधिक शिक्षालयको भवन निर्माणको रकम काटेर प्राबिधिक शिक्षालाई कमजोर पार्न खोजिएको स्पष्ट छ ।
शिक्षा महाशाखामा नयाँ नेतृत्व मार्फत शैक्षिक सुधारका कार्यक्रहरु संचालन गर्नुको साटो आफ्नै नातेदारलाई शिक्षा र स्वास्थ्य महाशाखाको जिम्मेवारी दिएर शिक्षा र स्वास्थ्य प्रति उदासिन बनेको छ महानगर । यति मात्र हैन् महानगरले गत वैशाख ११ गते १४ पदमा ४७ जना सेवा करारमा पदपूर्ति गर्र्न सूचना निकालेर ६ सय जना भन्दा बढीले आवेदन दिदा उठेको राजश्व महानगरले आफैल् झ्वाम पारेको छ । उक्त विषयमा अहिलेसम्म महानगरले कुनै जानकारी गराएको छैन भने आवेदन दिनेहरुको रकम पनि फिर्ता गरेको छैन् ।

सबै वडाका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य कार्यालयमा कर्मचारी र औषधी अभाव भएकोप्रति महानगरको कुनै चासो नै छैन् । वडा कार्यालयहरुमा कर्मचारी अभाव हुँदा १५० कर्मचारी हाजिर लगाएर तलब भत्ता खाने र केही मेयरको अघिपछि हिडेर मात्र जागिर पचाउने काम गरेका छन् ।

पोखराका मेयर धनराजले केहि निश्चित सञ्चारकर्मी र मिडियालाई हात लिएर काम गर्छन् । हैन भने लाखौं लाख एउटै मिडियालाई केहि सयममै भुक्तानी दिने महानगरले पोखरामा रहेर केहि गर्छौ भनेर सञ्चालनमा आएका साना स्वारोजगार मिडियालाई दुई चार हजारमा दिएको विज्ञापनको भुक्तानी महिनौदेखि दिएको छैन् ।

पोखराका मेयरले पोखराका नागरिकलाई सुविधा हैन् सास्ती दिन खप्पिस छन् । सुविधा त मेयर आफै लिन्छन् । पाँँच वर्ष पूर्व मेयर मानबहादुर जिसीलाई भएको कार्यकक्ष उनका लागि नभएर वास्तु मिलाएर कार्यकक्ष बनाउदै महानगरवासीको सम्पत्ति करमा रजाई गरेका बसेका छन् ।

विलासीतामा सौखिन आचार्यले अधिकारको दुरुपयोग गर्दै लक्जरी गाडी प्रयोग गर्छन् भने नागरिकका अधिकार भने कुण्ठत गर्छन् । यसर्थ हेर्ने हो भने नेपालकै धनी पोखराका मेयर धनराज आचार्यलाई न त पोखराको विकास र समृद्धिको चासो छ न पोख्रेली नागरिकको अधिकारको बारेमा चिन्ता । उनलाई छ त केवल आफ्नो झुण्ड बनाउनु छ र हाईहाईमा रमाउनुछ । उनी महानगरमा मेयर रहुन्जेल उनी बनलन उनका नजिकका मान्छे बन्लान तर पोखरा बन्दैन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १९:५७   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।