Logo

जनप्रतिनिधि

नयाँ मन्त्रीज्युले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, सरकारप्रति म आशावादी छु : मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले आफू सरकारप्रति आशावादी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ मन्त्रीहरुले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका छन् ।

‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे !’, बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस् । म आशावादी छु सरकारप्रति ।’

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ०७:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।