Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र २१ हजार ९६० कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १३:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।