काठमाडौं । विगत वर्ष झैं फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै झुमिरहेका थिए।
भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ। होली मनाउन आउनेको भिडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच देखिन्छ।
यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।
सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ ।
११ चैत्र २०८०, आईतवार १५:१३
21
Shares
























प्रतिक्रिया