Logo

अन्तर्राष्ट्रिय

अब गुगलमा सर्च गरेको पनि पैसा लाग्ने



क्यालिफोनिर्या । गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको छ । तर अब भने यसले प्रिमियम ल्याउने विचार गरिरहेको छ ।

कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका अनुसार अनुसार गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई)लाई सशुल्क बनाउन लागेको छ । यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नुपर्नेछ ।

गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको फाइनान्सियल टाइम्समा छापिएको खबरमा बताइएको छ । यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् । कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् । सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् ।

खबरका अनुसार गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ । तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो । गुगलले यूजरहरुलाई प्रिमियम सेवा दिन विज्ञापन मुक्त सर्च टुलमा पनि काम गरिरहेको बताएको छ ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  ११ : ३६ बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।