Logo

टिप्पणी

शेरबहादुर देउवाको नेतृत्वमा अब मुलक अघि बढ्दैन् : सुजाता कोइराला



काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने ठोकुवा गरेकी छिन् । प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,”शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्दैन् । मैले सत्य कुरा गरेको हुँ । उहाँप्रति मेरो कुनै नकारात्मक सोचपनि छैन् । म उहाँको विरोधपनि गर्दिनँ । तर, अब उहाँले सक्नुहुन्न । उहाँको नेतृत्वको औचित्य अब समाप्त भैसकेको छ ।”

उनले जनताले जिताएको व्यक्ति आउँदामात्र देशमा लोकतन्त्र बलियो हुने तर्क गरिन् । उनले अहिलेको अवस्था हेरेर कांग्रेसलाई पार्टी भन्न नसकिने तर्क गरिन् । उनले अहिलेको कांग्रेस पार्टी नभएर अराजकता भएको टिप्पणी गरिन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०९:१५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।