Logo

जनप्रतिनिधि

प्रतिनिधि सभाको बैठक बस्दै, संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी



काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज ११ बजे बस्दैछ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेकाे छ ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयकमात्र पारित गरेको छ ।

प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

कांग्रेसमा छटपटी

नेपाली कांग्रेस पार्टीका सांसदहरूले प्रतिनिधिसभामा गृहमन्त्री रबी लामिछानेलाई सहकारीकाे पैसा अपचलन गरेकाे हाे वा हाेइन भन्ने विषयमा संसदिय छानबिन समिति बनाएर अध्ययन गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभाकाे बैठक अवरूद्ध गरिरहेका थिए ।

सरकारले यही समयमा संसदकाे अधिवेशन नै अन्य गर्ने तयारी गरेपछि संसदीय दलको बैठक आज बसिरहेकाे छ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेकाे छ ।

बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार  ८ : ३० बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।