काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सरेको छ । बुधबार पार्टी मुख्यालय आलोकनगर काठमाडौंमा बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि आउँदो जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘आन्तरिक तयारि नपुगेको, जिल्ला कमिटीहरूको अनुरोधबमोजिम महाधिवेशन सार्ने निर्णय गरेका हौँ,’ उनले भने ।
एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।




















प्रतिक्रिया