Logo

प्रमुख समाचार

तोयम राया महालेखा परीक्षकमा नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

रायालाई यस अघि संबैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितीले सर्वसम्मतले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  २ : १३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।