Logo

जनप्रतिनिधि

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त



काठमाडौं एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेको सांसद् नरेश शाहीले बताए ।

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । 

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

उनको शपथ पनि आजै हुने शाहीले बताए । उनले भने, ‘शपथ आजै हुन्छ । तयारी चलिरहेको छ ।’

प्रदेश प्रमुख मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  ६ : २५ बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।