Logo

गण्डकी प्रदेश

गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय



 पाेखरा । नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको शुक्रबार बसेकाे संसदीय दलले संसद बैठक निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । बैठक आज दिउँसाे ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

‘असंवैधानिक क्रियाकलापहरूप्रति गम्भीर असहमति जनाउँदै प्रदेशसभा बैठक र अन्य कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:१३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।