Logo

प्रमुख समाचार

कांग्रेस सांसद खड्काले हडपेको लैनचौरस्थित स्काउटको जग्गा सिल



काठमाडौं । नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा बिहीवार काठमाडौँ प्रशासनले सिल गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो । कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए ।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।

अदालतले आदेश दिँदा पनि सो जग्गा खाली गर्न सकिएको थिएन ।

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  २ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।