Logo

प्रमुख समाचार

केयुमा अखिल क्रान्तिकारीको तालाबन्दी



बनेपा । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्समा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारीले प्रशासनलाई विश्वविद्यालयमा भएको अनियमितताका विषयमा बुझाएको मागपत्र र छात्रवृत्ति वितरणमा भएको सिन्डिकेट कायमै रहेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

आफ्ना विभिन्न माग राख्दै अखिल क्रान्तिकारी केयुमा बैशाख २ गतेदेखि नै आन्दोलित रहको थियो । उनीहरुले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १९:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।