काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अहिले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको आजको बैठकमा कतारका राजाको भ्रमणको बारेमा छलफल हुने जनाइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी भोली मंगलबार नेपाल आउँदै छन् ।
त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ भने बजेट अधिवेशन आह्वान सिफारिसको विषयमा पनि निर्णय हुने जनाइएको छ । हिउँदे अधिवेशन गत ३० चैतमा अन्त्य भएको थियो ।




















प्रतिक्रिया