Logo

अर्थ

रौतहट प्रहरीद्वारा २४ लाख बढीको तस्करीको सामान बरामद



रौतहट । रौतहट स्थित तस्करहरुले बिभिन्न नाका हुँदै अबैध रुपमा भारतबाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।

यही बैशाख  देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारवाहीको लागी आईतवार गौर भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०९:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।