Logo

अर्थ

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा



काठमाडौं । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समिति बैठकले आव २०७७/७८ र २०७८/७९को लाभांश घोषणा गरेको हो । कम्पनीले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीको आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा साधारण सभा आयोजना हुनेछ । सभामा लाभांशको प्रस्ताव पारित गरिनुका साथै आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ र २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल,लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीतर्फको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ११:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।