Logo

अर्थ

सूर्यज्योतिले मनायो १६ औं वार्षिकोत्सव



काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स मर्ज भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९ पौष ७ गते संयुक्त कारोबार सुरु गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने शुभचिन्तकहरू, ग्राहक वर्ग, अभिकर्ताहरु, कर्मचारीहरु, हौसला प्रदान गर्ने शेयरधनी, संचालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरुमाझ कृतज्ञता व्यक्त गरे । उनले आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धतासमेत जाहेर गरे ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले पनि कम्पनीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध बनाएका सबैलाई धन्यवाद दिए ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ ।

नेपालको एकमात्र तथा पहिलो आइएसओबाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड, जीवन बीमा कोष ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।
कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  १० : १८ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।