चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।
निकुञ्जको ‘लौखानी’ भन्ने ठाउँमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सुचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको छ । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै रहेको बताए ।




















प्रतिक्रिया