Logo

प्रमुख समाचार

मन्त्रिपरिषदमा गृहमन्त्रीको प्रस्ताव : सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने मन्त्रिपरिषदमा बैठकमा प्रस्ताव राखेका छन् ।

फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्तिसमेत खोजेर तत्काल रोक्का गरी लिलाम गर्नुपर्ने उनको उनको भनाई छ ।

बिहीबाको मन्त्रिपरिषद् बैठकमा लामिछानेले आफू विभागीय मन्त्री नभए पनि क्याबिनेट सदस्यका रूपमा त्यस्तो प्रस्ताव राखेको बताएका छन् ।

उनले लिखितरुपमा राखेको प्रस्तावमा भनिएको छ, ‘‘यथाशीघ्र सम्पत्ति लिलाम गरेर गरिबको पैसा तिर्न सुरु गर्ने व्यवस्था मिलाउन जरुरी छ । तिर्न चाहने असल नियत भएकाहरूलाई नियन्त्रणमा राखेर आफैँ हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि केही निर्णय गरौँ । आजै आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौँ ।’

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ८ : ०२ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।