काठमाडौं । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा आफ्नै भवन बनाउने तयारी थालेकाे छ ।
काठमाडौंको रवि भवनमा रहेको करिब दुई रोपनी जग्गामा तरुल दलले आफ्नै भवन बनाउन लागको जनाएकाे छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले गएकाे चैत्र १५ र १६ गते बसेको केन्द्रिय समितिको बैठकमा काठमाडाैंमा तरुल दलकाे आफ्नै भवन बनाउने प्रस्ताव पेश गरेका थिए । उक्त बैठकबाट तरुल दलकाे भवन बनाउने विषय सर्वसम्मतिले पारित भएको थियाे ।
भवन निर्माणका लागि तरुण दलले चितवन स्थायी घर भएकी नानिमैयाँ श्रेष्ठकाे जग्गा प्राप्त गरेकाे छ । दलले आफ्नै केन्द्रिय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माणकाे तयारी थालेकाे हाे । करिब तीन करोड लागतमा भवन निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
हालसम्म भवन निर्माणका लागि ६७ लाख ७२ हजार १०२ रुपैयाँ प्राप्त भएको तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले जनाकारी दिए ।
प्रतिक्रिया