Logo

प्रमुख समाचार

इलाम-२ मा सुहाङलाई निरन्तर अग्रता



इलाम । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  १ : ४५ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।